माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलाेकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो।
गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो। साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो।
सोही फैसलाविरुद्ध प्रचण्ड पुनरवलोकनका लागि १७ गते सर्वाेच्च गएका थिए।

फैसला पुनरवलोकनको निवेदनमा के भनेका थिए प्रचण्डले?
यो पनि पढ्नुहोस् –
नेकपा पार्टीसम्बन्धी आठ प्रश्नको ठहर गर्न सर्वोच्चसँग प्रचण्डको माग (पूर्णपाठ)
Shares

प्रतिक्रिया