समाज


बागलुङ होली घटना : पक्राउ परेका ८ जनालाई जिप्रका ल्याइँदै, शुक्रबार सार्वजनिक गरिने

बागलुङ होली घटना : पक्राउ परेका ८ जनालाई जिप्रका ल्याइँदै, शुक्रबार सार्वजनिक गरिने

नेपालखबर
चैत १९, २०७७ बिहिबार ७:३९,

बागलुङमा होली खेल्ने क्रममा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका ८ जनालाई बिहीबार सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको र शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको बागलुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।

‘घटनामा संलग्न ८ जनालाई पक्राउ गरेर जिप्रका ल्याउँदै छौँ, भोलिसम्ममा सार्वजनिक गर्छौँ’, एसपी पल्लीमगरले नेपालखबरसँग भने।

उनका अनुसार प्रहरीले घटनाको भिडियो तथा फोटो हेर्दै र त्यहाँ संलग्नसँग सोधपुछपछि उनीहरुलाई पक्राउ गरेको हो।

घटनाको भोलिपल्ट अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख मगर नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

आइतबार होली खेल्ने क्रममा निसिखोला गाउँपालिका ७ राजपुत र बडिगाड गाउँपालिका १० दोर्लिङका समूहबीच भएको झडपमा दुई जनाको ज्यान गएको थियो। ज्यान जाने राजपुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक नेपाली रहेका छन्। कुँवर कांग्रेसका जिल्ला सदस्य र नेपाली सक्रिय सदस्य हुन्।

गुल्मी, प्युठान र बाग्लुङको सीमानास्थित बल्दे चौरमा हरेक वर्ष होलीका दिन मेला लाग्ने गरेको छ। बडिगार्डकी एक युवतीलाई रंग दल्नेक्रममा दुई समूहबीच विवाद सुरु भएको थियो।

आफ्ना कार्यकर्ता मारिएको घटनाको निस्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न कांग्रेसले माग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad