राजनीति


राष्ट्रपतिले अनावश्यक दबाब दिन थालेपछि ब्राजिलका सबै सेना प्रमुखले दिए राजीनामा

राष्ट्रपतिले अनावश्यक दबाब दिन थालेपछि ब्राजिलका सबै सेना प्रमुखले दिए राजीनामा

नेपालखबर
चैत १८, २०७७ बुधबार ६:२०,

ब्रजिलका थल सेना, नौसेना र हवाई सेनाका प्रमुखले एकसाथ राजीनामा दिएको बीबीसीले जनाएको छ

राजनीतिक संकट झेलिरहेका राष्ट्रपति जाइर बोल्सोनारोलाई सबै सेना प्रमुखको राजीनामाले ठूलो झट्का लागेको छ।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ।

सोमबार मात्रै त्यहाँका विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएका थिए।

कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ।

दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य भाइरस भन्दै आएका थिए भने उनले कोरोनाविरुद्धको नियमहरूको निरन्तर विरोध गर्दै आएका छन्।

कोरोना भाइरसका कारण उत्पन्न स्थितिलाई लिएर हल्ला बन्द गर्नुपर्ने पनि बोल्सोनारोको भनाइ छ।

राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सबै सेना प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ।

ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ।

ब्राजिल कोरोनाले सबैभन्दा प्रभावित विश्वकै दोस्रो राष्ट्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad