राजनीति


ओलीलाई भुसालको आग्रह : व्यक्तिवादको घोर नसाबाट ब्युँझनुस्

ओलीलाई भुसालको आग्रह : व्यक्तिवादको घोर नसाबाट ब्युँझनुस्

नेपालखबर
चैत १७, २०७७ मंगलबार ६:३१,

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली व्यक्तिवादको नसामा रहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गरेका हुन्।

उनले ओलीले रोक्न खोजे पनि क्रान्ति अघि बढ्ने भन्दै ओली दण्डित हुने दिन धेरै टाँढा नरहेको बताएका छन्।

‘पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नुभयो। त्यही अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानुभयो। अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्’, भुसालले ओलीलाई बुझाएको ११ पष्ठको स्पष्टीकरण पत्रमा पत्रमा भनिएको छ, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड, यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनुहुनेछ।’

यो पनि : 
केपी ओलीलाई घनश्याम भुसालको ११ पृष्ठको प्रतिप्रश्न : कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad