नेकपा–एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीलाई स्पष्टीकरण पत्र पठाएका छन्।
सो पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै असहिष्णु भएको, आफूविरुद्ध वनावटी आरोप लगाएको र पार्टी र आन्दोलनविरुद्ध लागेको आरोप लगाएका छन्।
भुसालले ओलीलाई पार्टीभित्र सबै विधि प्रक्रिया भत्काएर कङ्गारु अदालतको अभ्यास गरेको टिप्पणी गरेका छन्।
याे पनि : नेपाल र रावल ६ महिना निलम्बित, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण (पत्रसहित)
मंगलबार आफूमाथि ओलीले सोधेको स्पष्टीकरणको ११ पृष्ठको लिखित जवाफ पठाउँदै भुसालले ओलीलाई नक्कली प्रक्रिया र प्रमाणका आधारमा कङ्गारु अदालत चलाउने प्रयासमा लागेको बताएका छन्।
‘तपाईँले मागेका तथाकथित स्पष्टीकरणसहित लिखित जवाफले तपाइँ त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ,’ भुसालको जवाफमा लेखिएको छ।
यो पनि : ओलीको १० बुँदे स्पष्टीकरणमा नेपालका १३ प्रतिप्रश्न (पूर्णपाठ)
नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियोजित रुपले लक्षित तथाकथित न्यायिक प्रक्रियालाई कङगारु अदालत भनिन्छ भन्दै भुसालले ओलीले एमालेमा गरेका पछिल्ला निर्णय प्रक्रियाहरु विधिसम्मत् नभएको बताएका छन्।
स्पष्टीकरणको पूर्ण पाठ

प्रतिक्रिया