राजनीति


निलम्बनविरुद्ध रणनीति बनाउन आज नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

निलम्बनविरुद्ध रणनीति बनाउन आज नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपालखबर
चैत १७, २०७७ मंगलबार ३:५६,

अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूह  सक्रिय भएको छ।

पार्टीविरोधी गतिविधि गरेको आरोपमा अध्यक्ष ओलीले सोमबार नेताद्वय नेपाल र भीम रावललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको छ। त्यसलगत्तै तल्लो तहसम्मै पार्टीका समानान्तर कमिटी बनाउने घोषणा गरेको नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र बनाएको हो।

त्यसै क्रममा आज मध्याह्न १२ बजे स्थायी कमिटी सदस्यहरूको बैठक राख्न लागिएको नेपाल पक्षका एक नेताले जनाएका छन्। बैठकमा अब के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .