ad ad

राजनीति


नेपाल र रावललाई कारबाही गरेपछि योगेशले भने : परिणाम उल्टिने निश्चित छ

नेपाल र रावललाई कारबाही गरेपछि योगेशले भने : परिणाम उल्टिने निश्चित छ

नेपालखबर
चैत १६, २०७७ सोमबार १४:३९,

नेकपा (एमाले) ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि निलम्बित गरेपछि स्थायी समिति सदस्य योगेश भट्टराईले परिणाम उल्टिनसक्ने चेतावनी दिएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो’ भन्दै निर्णयबाट फर्कनु नै कल्याण हुने बताएका छन्।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले नेपाल र रावललाई ६ महिनाको लागि निलम्बन गरेका हुन्। पार्टीमा गुटबन्दी गरेको र पार्टीविरोधी गतिविधि गरेको आरोपमा दुवैजनालाई सच्चिन अन्तिम मौका दिइएको भन्दै अन्यथा बिचैमा थप कारबाही हुनसक्ने चेतावनीसहितकाे पत्र पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .