राजनीति


म्यान्मारमा भइरहेको सैन्य दमनविरुद्ध उभिन सरकारसँग नागरिक समाजका सदस्यहरुको अपिल

म्यान्मारमा भइरहेको सैन्य दमनविरुद्ध उभिन सरकारसँग नागरिक समाजका सदस्यहरुको अपिल

नेपालखबर
चैत १५, २०७७ आइतबार १६:३६,

नेपालको नागरिक समाजका सदस्यहरुले म्यानमारको सैन्य सत्ताले त्यहाँका नागरिकमाथि गरिरहेको नृशंस हत्याको विरोध गरेका छन्।

नागरिक समाजका १२ जना अगुवा सदस्यहरुले आइतबार एक अपील जारी गर्दै म्यान्मारमा भइरहेको हत्या हिंसाविरुद्ध सबैतर्फबाट तत्काल कदम चाल्न आग्रह गरेका हुन्।

उनीहरुले म्यान्मारमा सैन्य दमनमा ३०० भन्दा नागरिकको नृशंस हत्या हुँदा पनि दक्षिण एसियाली मुलुकका सरकारले त्यसप्रति पर्याप्त चासो नदेखाएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

मानवअधिकारकर्मीहरु कुलचन्द्र गौतम, सुशील प्याकुरेल, रेनु अधिकारी, कानूनविद् विपिन अधिकारी, लेखक तथा अभियन्ता कनकमणि दीक्षित, प्राध्यापक डम्बर चेम्जोङ, राजनीतिकर्मी जयप्रकाश गुप्ता, अर्थशास्त्री रामेश्वर खनाल, पूर्वराजदूत महेश मास्के, डाक्टर अर्जुन कार्की, पत्रकार राजेन्द्र दाहाल र अधिकारकर्मी रेम विश्वकर्माले एक संयुक्त अपिल जारी गरी सो आह्वान गरेका हुन्।

‘हामी नेपाल सरकारलाई तत्काल लोकतान्त्रिक मूल्य मान्यता र म्यान्मारका जनताका पक्षमा उभिन आग्रह गर्दछौं,’ सो अपिलमा भनिएको छ, ‘सरकारले त्यहाँका वरिष्ठ जर्नेल मिन आङ लाइङको नेतृत्वमा भइरहेको अहिलेको दमन रोक्न र नोभेम्बर २०२० को निर्वाचनको परिणामअनुसार अघि बढ्न बाध्य पार्नुपर्छ।’

उनीहरुले एक संयोजनकारी अन्तर्राष्ट्रिय अभियानमार्फत् म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न र म्यान्मारको सैन्य फोर्स र व्यक्तिगत सैन्य अधिकारीहरुलाई एक्ल्याउँनुपर्ने पनि बताएका छन्।

म्यान्मार मनावताविरुद्धको अपराधमा संलग्न भएकाविरुद्ध स्पेशल र्‍यापोटर्सको संयोजनमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मुद्दा दायर गर्नुपर्ने उनीहरुको भनाइ छ।

त्यसैगरी त्यहाँको अहिलेको परिस्थिति हेर्दा राष्ट्रसंघीय सुरक्षा परिषद्ले कडा कदम चाल्नुपर्ने अवस्था पनि उनीहरुले ‌ औँल्याएका छन्।

अंग्रेजीमा जारी अपिलको पूर्णपाठ:

CitizensAppeal 21

CitizensAppeal 22

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .