राजनीति


दक्षिण चीन सागरः चिनियाँ पानीजहाज माथिबाट उडे फिलिपिन्सका लडाकु विमान

दक्षिण चीन सागरः चिनियाँ पानीजहाज माथिबाट उडे फिलिपिन्सका लडाकु विमान

नेपालखबर
चैत १५, २०७७ आइतबार १२:५१,

दक्षिण चीन सागरमा तैनाथ भएका चिनियाँ पानीजहाज माथिबाट फिलिपिन्सका लडाकु विमानहरु उडेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हालै यस सागर हुँदै चीनका २ सयवटा जहाजहरु फिलिपिन्सको जलक्षेत्रमा पुगेपछि फिलिपिन्सले प्रतिक्रिया स्वरुप आफ्ना लडाकु विमान चिनियाँ जहाजमाथि उडाएको हो।

फिलिपिन्सको रक्षा मन्त्रालयले आफ्नो विमानहरु चिनियाँ जहाजमाथि उडेको विषय पुष्टि गरेको छ।

दक्षिण चीन सागरको विषयमा चीनले आफूलाई आक्रमण गरेमा आफूले अमेरिका गुहार्ने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले बताउँदै आएका छन्।

दक्षिण चीन सागरलाई चीनसँगै ब्रुनाई, मलेसिया, भियतनाम, ताइवान तथा फिलिपिन्सले पनि आफ्नो भएको दाबी गर्दछ।

अरबौंको व्यापारिक जलमार्ग भएकाले यो समुद्री क्षेत्र निकै रणनीतिक विषय हो।

चीनले यस क्षेत्रको ९० प्रतिशत पानी आफ्नो भएको बताउँदै गर्दा सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले चीनको दाबीलाई अस्वीकार गरको थियो।

त्यसयता अमेरिका तथा फ्रान्सका सेनाहरुले यस जलक्षेत्रमा युद्ध अभ्यास तथा गस्ती गरिरहेका छन्।

चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै गर्दा आफ्नो सहयोगी राष्ट्रको रक्षा गर्नु कर्तव्य भएको अमेरिकी भनाइ छ।

चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने अमेरिकी भनाइ छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .