ad ad

राजनीति


वितरण केन्द्रमा भरिँदै मेलम्चीको पानी, २ बजेदेखि वितरण गरिने

वितरण केन्द्रमा भरिँदै मेलम्चीको पानी, २ बजेदेखि वितरण गरिने

नेपालखबर
चैत १५, २०७७ आइतबार ७:२८,

मेलम्चीको पानी आइतबार (आज) दिउँसो २ बजेदेखि काठमाडौँका धाराहरुमा वितरण गरिने भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार बिहान १० बजेदेखि अनामनगर, मीनभवन र महाँकालका ट्यांकीमा पानी भर्न सुरु गरिएको छ ।

‘ट्यांकी भरिन करिब चार घण्टा लाग्छ’, उनले भने, ‘त्यसपछि परीक्षणका लागि धारामा पानी पठाउँछौँ।’

उनले अहिले परीक्षणको चरणमा रहेको र पानीको चुवावट भए वा ढल मिसिएको पाइएमा तुरुन्तै पानी बन्द गर्ने समेत जानकारी दिए।

उनले आज पहिलो चरणमा महाँकाल, अनामनगर, मीनभवन, महाराजगन्ज, बाँसबारी लगायतका ठाउँका पुरानै ट्यांकीमा पानी भरी पठाउन लागिएको जानकारी दिए।

गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज (आइतबार) काठमाडौं उपत्यका खानेपानी लिमिटेडकै पाइपलाइनबाट वितरण गर्न लागिएको हो। पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सिमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ।

काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ।

केयुकेएलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ।

खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ। आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .