ad ad

राजनीति


‘म्यान्मारमा भइरहेको नरसंहारविरुद्ध मुख खोलौं, अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ’

‘म्यान्मारमा भइरहेको नरसंहारविरुद्ध मुख खोलौं, अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ’

नेपालखबर
चैत १५, २०७७ आइतबार १:१७,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले म्यान्मारमा भइरहेको नरसंहारविरुद्ध बोल्न लोकतन्त्रवादी सबैलाई आह्वान गरेका छन्।

संसारका कुनै पनि कुनामा तानाशाही शासन स्वीकार्य नभएको उल्लेख गर्दै उनले अरूलाई खाने बाघले आफूलाई पनि खाने भएकाले यसविरुद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोल्नुपर्ने सुझाव दिएका हुन्।

‘म्याान्मारमा भइरहेको नरसंहारविरूद्ध मानवता र लोकतन्त्र पक्षधर सबैले मुख खोलौं। २१औं शताब्दीमा संसारका कुनै पनि कुनामा फौजी वा गैरफौजी तानाशाही स्वीकार्य छैन,’ आइतबार बिहानै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्, ‘अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ !’

याे पनि : म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .