राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्विट गर्दै जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको बताएकी हुन्।
स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन्।
‘इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले दुःखी भएको छु। उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ। स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्।

प्रतिक्रिया