नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ।
शनिबार बिहान साढे ११ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।
उनले बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थिति र अवको यात्राबारे छलफल हुने बताए।
‘बैठकमा पार्टीभित्र देखिएको विवाद र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ’, गैरेले नेपालखबरसँग भने।
नेपाल–खनाल पक्षको बैठक शुक्रबार पनि बसेको थियो। शुक्रबार बसेको बैठकले पार्टीभित्र देखिएको विवादमा संगठनभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।
केन्द्रीय समिति बैठकपछि उक्त समूह शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा समेत उपस्थित भएर आफ्ना कुरा राखेको थियो।

प्रतिक्रिया