राजनीति


संसदीय मामिला पत्रकार समाजको निर्वाचन आज, प्रतिस्पर्धामा जुटे सञ्चारकर्मी

संसदीय मामिला पत्रकार समाजको निर्वाचन आज, प्रतिस्पर्धामा जुटे सञ्चारकर्मी

नेपालखबर
चैत १४, २०७७ शनिबार २:२१,

संघीय संसदलाई मूख्य कार्यथलो बनाएर रिपोर्टिङ गर्ने संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने निर्वाचन कार्यक्रमको सभामुख अग्नि सापकोटाले उदघाटन गर्नेछन्।

समाजको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै गर्दा शनिबार बिहानसम्म अध्यक्ष पदका लागि कृष्णा पौडेल र संजीव बगालेले उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्षका प्रत्याशी पाैडेल र बगाले वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्।

महासचिवमा विष्णु खड्का र प्रकाश ढकालले आआफ्नो पक्षमा समर्थन जुटाइरहेका छन्।

वर्तमान महासचिव अशोक दाहालका अनुसार हालसम्म उपाध्यक्ष पदमा खुलातर्फ डीपी उपाध्याय र बीपी साह र समावेशी (महिला)तर्फ तुलसी सापकोटाले मात्र उम्मेदवारी घोषणा गरेका छन्।

सचिवमा खुलातर्फ अक्कल कुँवर र जयसिंह महरा र समावेशीतर्फ दिपेश श्रेष्ठले घोषणा गरेका छन्।

कोषाध्यक्षमा अहिलेसम्म सिर्जना घिमिरेले उम्मेदवारी घोषणा गरेकी छन्।

‘अहिलेसम्म उहाँहरुले उम्मेदवारी घोषणा गरिसकेको थाह भएको छ, उम्मेदवारी मनोनयन गर्ने समयसम्म अरुले पनि गर्नुहाेला,’ दाहालले भने।

सदस्यमा खुलातर्फ पाँचजना र समावेशीतर्फ तीनजना निर्वाचित हुनेछन्।

समाजको विधान संशोधन
उद्घाटन कार्यक्रमपछि पहिले समाजको विधान संशोधन गरिने दाहालले बताए। त्यसपछि मात्र उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु हुनेछ।

‘उम्मेदवारीसम्बन्धी प्रावधान नै संशोधन गर्नुपर्ने भएको हुँदा हलबाट विधान संशोधन भएपछि मात्रै उम्मेदवारी मनोनयन सुरु हुनेछ,’ दाहालले भने।

वर्तमान अध्यक्ष नारायण काफ्ले र महासचिव दाहालले एक कार्यकाल पुरा गरी यसपटक नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।

पुस्तक विमोचन

HamraMananiya

संसद भवनमा हुने निर्वाचनको उद्घाटन कार्यक्रममा सभामुख सापकोटाले समाजले प्रकाशन गरेको ‘हाम्रा माननीय’ नामक पुस्तक विमोचन पनि गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको राजनीतिक र वैयक्तिक विवरण समेटेर सो पुस्तक तयार पारिएको हो।

यस कार्यकालमा ‘हाम्रा माननीय’ नामक पुस्तक प्रकाशन गरेको, विधेयकहरुमा छलफल गराएको, बेलायतबाट विज्ञ ल्याएर संसदमा प्रश्नोत्तर गर्ने व्यवस्थाबारे कार्यक्रम गरिएको, विज्ञ तथा सांसद, संसद सचिवालयका पदाधिकारी, कर्मचारी लगायतबीच अन्तरक्रियाहरुको आयोजना र रिपोर्टिङका सिलसिलामा पत्रकारलाई आइपर्ने समस्याहरुको सम्बोधन गर्ने लगायतका गतिबिधि गरेको दाहालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad