अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको ६५औँ दिनमा पहिलो औपचारिक पत्रकार सम्मेलन गरेका छन्।
बाइडेनले सम्मेलनमा बोल्न ‘चिट शिट्स’ (बुँदा समेटिएको पन्ना) को सहयोग लिएको अमेरिकी मिडियाहरुले बताएका छन्।
चिट शिट्समा बाइडेनले सम्मेलनमा बोल्ने कुराहरु बुँदागत रुपमा टिपोट गरेर ल्याएको फोटोहरु सार्वजनिक भएका छन्।
उनको पत्रकार सम्मेलनमा मात्र २५ रिपोर्टरलाई बस्न अनुमति दिइएको फक्स न्युजले बताएको छ।
उनले थोरै मात्र पत्रकारको प्रश्न लिएका थिए। त्यसका लागि सम्मेलनअघि नै कसले प्रश्न सोध्ने भनी तयार गरिएको बताइएको छ।
उनले मेक्सिकोसँगको सीमामा आप्रवासीको भीड, संसदको फिलिबस्टर नियम र अन्य विषयमा ब्रिफिङ गरेका थिए।
बाइडेन प्रशासनका आलोचकहरुले नियमित पत्रकार सम्मेलन गर्न माग गरिरहेका छन्।
यद्यपि पत्रकार सम्मेलनमा नोट कार्ड प्रयोग गरिनुलाई सामान्य नै मानिन्छ। तर बाइडेनलाई पहिलेदेखि नै विपक्षीहरुले सार्वजनिक रुपमा स्वतःस्फुर्त धारणा राख्न नसक्ने नेताको रुपमा चित्रित गरिँदै आएको छ।

प्रतिक्रिया