ad ad

राजनीति


स्वास्थ्यमा समस्या आएपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द अस्पताल भर्ना

स्वास्थ्यमा समस्या आएपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द अस्पताल भर्ना

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ८:३४,

स्वास्थ्यमा समस्या आएपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द अस्पताल भर्ना भएका छन्।

शुक्रबार बिहान टाउको दुख्ने लगायतका समस्या देखिएपछि राष्ट्रपति कोविन्दलाई दिल्लीस्थित आर्मी अस्पतालमा भर्ना गरिएको हो।

उनको अहिले स्वास्थ्य परीक्षण भइरहेको र केही समय निगरानीमा राखिने अस्पताल स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अस्पतालले राष्ट्रपति कोविन्दको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।

राष्ट्रपति कोविन्दले मार्च ३ गते आर्मी अस्पतालमै कोरोना भइरसविरुद्धको पहिलो खोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .