ad ad

कार


जिप कम्पासकोे नयाँ मोडल वैशाख पहिलो हप्ता नेपालमा सार्वजनिक हुँदै

जिप कम्पासकोे नयाँ मोडल वैशाख पहिलो हप्ता नेपालमा सार्वजनिक हुँदै

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ८:२७,

जिप कम्पासकोे नयाँ मोडल वैशाख पहिलो हप्ता नेपालमा लञ्च हुने भएको छ।

जिपको नेपालका लागि आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले वैशाख पहिलो हप्ता लञ्च गर्ने तयारी गरेको बताएको छ।

अमेरिकन ब्राण्ड जिप केही वर्षदेखि भारतीय प्लान्टमा उत्पादन हुँदै आएको छ। नेपालमा आउने जिप कम्पास भारतमा उत्पादित हुने नेपालको कम्पनीले जनाएको छ।

लाइफ अटोमोबाइल्सले जिप कम्पास २०२१ का नयाँ मोडल ४ वटा भेरियन्टमा उपलब्ध हुने बताएको छ।

‘वैशाखको पहिलो हप्ता नयाँ मोडलको जिप कम्पास लञ्च गर्ने तयारी गरेका छौँ’, कम्पनीका एक कर्मचारीले भने, ‘नयाँ मोडल ४ वटा भेरियन्टमा आउनेछन्।’

चार भेरियन्टमा स्पोर्ट, लगिंच्युड, लिमिटेड ओ र मोडल एसका हुने कम्पनीले जनाएको छ।

जिप कम्पास १.४ लिटर पेट्रोल र २.० लिटर इन्जिनमा उपलब्ध हुनेछ। नयाँ जिप कम्पासको मूल्य ८५ लाखदेखि १ करोड ४० लाखसम्म हुने बताइएको छ।

गाडीमा एक्सटेरियरमा खासै परिवर्तन नभए पनि इन्टेरियरमा केही परिवर्तन गरिएको छ। कम्पासको लगिंच्युड भेरियन्टमा १०.१ इन्चको इन्फोटेनमेन्ट स्क्रिन रहेको छ।

एसयूभी गाडी उत्पादकको रुपमा चिनिएको जिप कम्पासको नयाँ मोडल बीएस ६ मापदण्डकै हुनेछन्। नयाँ मोडलको मूल्य पहिलाको तुलनामा केही बढ्ने कम्पनीले जनाएको छ।

कम्पनीले कोभिड १९को कारण भारतमा गाडीको उत्पादन कमी भएकाले नेपालमा नयाँ मोडल कम्पास आउन ढिलाइ भइरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .