राजनीति


ओलीले बोलाए एमाले संसदीय दलको बैठक

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

नेपालखबर
चैत १२, २०७७ बिहिबार ८:३४,

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी ओलीले संसदीय दलको बैठक बोलाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

प्रमुख सचेतक भट्टराईका अनुसार शुक्रबारको बैठकमा आगामी बजेटमा विकास निर्माणको योजना कसरी राख्ने, समसामयिक रानजीतिक र पार्टीलाई कसरी एकजुट बनाउने भन्ने विषयमा छलफल हुने बताए।

उनका अनुसार बैठकमा संसदको चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ। 

बैठकमा एमालेकै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भने सहभागी हुने नहुनेबारे कहै बताइएको छैन्।

शुक्रबार नै नेपाल–खनाल पक्षले पार्टीभित्र देखिएको विवादमा कसरी समाधान गर्ने भन्नेबारे छलफल गर्न आफूनिकट केन्द्ीय सदस्यको बैठक बोलाएको छ।

 यसअघि नेपाल–खनाल पक्षले ओलीले डाकेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .