समाज


भागरथी हत्या प्रकरणः दिनेश र मृतकको स्वाबको डीएनए मिल्यो

भागरथी हत्या प्रकरणः दिनेश र मृतकको स्वाबको डीएनए मिल्यो

गोकुल जोशी
चैत १२, २०७७ बिहिबार ८:२३,

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी भागरथी भट्टको घटनाका मुख्य अभियुक्त दिनेश भट्टको डीएनए मिलेको छ।

भागरथीको शरीरबाट निकालिएको स्वाबसँग दिनेशको डीएनए रिपोर्ट मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश सिंहले पुष्टि गरे।

‘दिनेशको डीएनए रिपोर्ट आज प्राप्त भएको छ। उनको रिपोर्ट भागरथीको शरीरबाट निकालिएको स्वाबसँग मिलेको छ’, एसएसपी सिंहले नेपालखबरसँग भने।

गत २१ माघमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीको विद्यालयबाट घर फर्किने क्रममा बलात्कारपछि हत्या गरिएको थियो। उनको अर्को दिन घर नजिकैको स्थानीय लबलेक सामुदायिक वनमा शव भेटिएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले ५ फागुनमा भागरथीका छिमेकी तथा उनकै विद्यालयको कक्षा ११ मा पढ्ने दिनेशलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। उनले प्रहरी, परिवारका सदस्य, सरकारी वकिल, अदालतमा अपराध स्वीकारेका थिए।

त्यसपछि जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएपछि अभियुक्त दिनेशलाई २६ फागुनमा डोटी पु¥याइएको थियो।

यद्यपि बाल सुधार गृहमा रहेका दिनेशले केही दिनअगाडि अपराध इन्कार्दै बुवा र भाइलाई मार्ने धम्की दिएपछि आफूले अपराध स्वीकारेको अभिव्यक्ति दिएका थिए। भागरथीको बलात्कार र हत्यामा आफ्नो संलग्नता नरहेको बताउँदै दिनेशले अन्य दुई जनामाथि आरोप लगाएका थिए। त्यसबारे अहिले थप अनुसन्धान भने भएको छैन।

याे पनि  :  भागरथी प्रकरणका अभियुक्त दिनेशको दाबी : बुबा र भाइलाई मार्ने धम्कीपछि अपराध स्वीकारेँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .