राजनीति


पानीको मूल्य बढाउन संसदीय समितिको निर्देशन

पानीको मूल्य बढाउन संसदीय समितिको निर्देशन

नेपालखबर
चैत १२, २०७७ बिहिबार ३:१५,

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पिउने पानीको मूल्यवृद्धि गर्न निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठले पानीको मूल्य वृद्धि गर्न व्यवसायीलाई सहयोग पुग्ने ढंगको निर्देशन दिएको हो।

हाल सर्वसाधारणले एक जार पानीको मूल्य ३५ देखि ४० रुपैयाँ तिरिरहेका छन् । तर समितिले उपत्यकामा प्रतिजार अधिकतम ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोक्न निर्देशन दिएको छ। समितिले तोकेको पानीको मूल्य उत्पादन लागतभन्दा तीन गुणा बढी भएको जानकारहरुले बताएका छन्।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पानीको गुणस्तरमा ध्यान दिनुपर्ने समितिले उपभोक्तालाई मार पर्नेगरी मूल्य वृद्धि गर्न निर्देशन दिनु गलत भएको बताए।

बजार अध्ययन गर्न समितिले सांसद प्रकाश रसाइलीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले मूल्य बढाउन मनासिव हुने सहितको प्रतिवेदन समितिलाई बुझाएपछि समितिले मूल्य बढाउन निर्देशन दिएको हो।

संयोजक रसाइलीले भने पानीको मूल्य घटाएको दाबी गरेका छन्। ‘सरकारले उपत्यका लागि प्रतिजार ५० रुपैयाँ तोकेको थियो। हामीले त्यसलाई ४७ रुपैयाँमा झारेका छौं,’ उनले भने।

उपसमितिको प्रतिवेदनमा बोतल पानीको लागत मूल्य ९ रुपैयाँ उल्लेख छ। प्रतिवेदनमा खुद्रा बिक्री मूल्य १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ तोकिएको छ । जारको पानीमा कम्पनीको लागत मूल्य १८ रुपैयाँ भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad