भारतीय राज्य महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले मुम्बईका पूर्वप्रहरी आयुक्त परमवीर सिंहले आफूविरुद्ध लगाएको गम्भीर आरोपको छानबिन गर्न अनुरोध गर्दै आफ्ना मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र लेखेका छन्।
मराठी भाषामा पत्र लेख्दै गृहमन्त्री देशमुखले आफूलाई लगाइएको आरोपमा दूधको दूध, पानीको पानी छुट्याइदिन मुख्यमन्त्रीलाई आग्रह गरेका हुन्।
उनले मराठी भाषामा ट्विटसमेत गरेर पत्र सार्वजनिक गरेका छन्। ट्विटरमा गृहमन्त्री देशमुखले लेखेका छन्, ‘मैले माननीय मुख्यमन्त्रीलाई परमवीर सिंहले लगाएको आरोपहरूको छानबिन गर्न र दूधको दूध, पानीको पानी गर्न आग्रह गरेको थिएँ। यदि माननीय प्रधानमन्त्रीले यसबारे सोधेमा म यसलाई स्वागत गर्छु। सत्यमेव जयते !!!’
हेर्नुहोस्, गहृमन्त्री देशमुखले मराठी भाषामा लेखेका ट्विट र पत्र :
— ANIL DESHMUKH (@AnilDeshmukhNCP) March 24, 2021मी माननीय मुख्यमंत्री महोदय यांना परमबीर सिंग यांनी माझ्यावर जे आरोप केलेत त्याबद्दल चौकशी लावून, "दूध का दूध, पानी का पानी" करावे अशी मागणी केली होती. माननीय मुख्यमंत्री महोदयांनी याची चौकशी लावली तर, मी त्याचे स्वागत करीन.
सत्यमेव जयते... pic.twitter.com/f2oJjFhO8A
पृष्ठभूमि : अम्बानीको घरमा विस्फोटक पदार्थ : निलम्बित प्रहरी अधिकारी वझेविरुद्ध ठूलो मुद्दा
Shares

प्रतिक्रिया