राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेनले गत जनवरी २० मा राष्ट्रपतिको कार्यकाल सम्हालेका थिए।
सीएनएनका अनुसार बाइडेन प्रशासनमा उत्तर कोरियाको यो पहिलो क्षेप्यास्त्र परीक्षण हो।
उत्तर कोरियाले गर्ने हरेक क्षेप्यास्त्र परीक्षणलाई चेतावनीको रुपमा लिने गरिएको छ।
तर उत्तरको यसपटकको छोटो दूरीको क्षेप्यास्त्र परीक्षणलाई अमेरिकाले सामान्य ठानेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तरले क्षेप्यास्त्र परीक्षण कसैलाई उक्साउनका लागि नगरेको बताएका छन्।
बीबीसीका अनुसार आइतबार बिहान उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो।
अमेरिकी अधिकारीहरुका अनुसार उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रतिबन्ध नमिचिने गरी क्षेप्यास्त्र परीक्षण गरेको थियो।

प्रतिक्रिया