कारोबार


पर्यटन क्षेत्रका समस्याबारे मन्त्री ढकाललाई बुझाइयो १७ बुँदे मागपत्र

पर्यटन क्षेत्रका समस्याबारे मन्त्री ढकाललाई बुझाइयो १७ बुँदे मागपत्र

नेपालखबर
चैत १०, २०७७ मंगलबार ९:५०,

पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री भानुभक्त ढकाल समक्ष १७ बुँदे मागपत्र बुझाएको छ।

नेपाल ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ, एयरलाइन्स, संस्कृती पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ढकाललाई भेट गरी मागपत्र बुझाएको हो।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको उत्थान गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचिकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले बढाउनुपर्ने, नेचर गाइडको समस्या समाधान गरिनुपर्ने, पदमार्ग क्षेत्रका श्रमिकमाथि हुने विभेदको अन्त्य गरिनुपर्ने, माउन्टेन गाइडको तलब र बीमा निर्धारण गरिनुपर्ने, होलिकप्टर रेस्क्यूमा हुने विभेद अन्त्य गरिनुपर्ने, विमानस्थलका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने लगायतका मागहरु मागपत्रमा समावेस गरिएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए।

यस्तै पदमार्ग क्षेत्रमा इजाजतपत्र परीक्षण गर्ने व्यवस्था गर्न समेत युनिट्राभको माग छ। विकासको नाउँमा महत्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य पनि तत्काल बन्द गर्न समेत युनिट्राभले माग गरेको छ।

यसबाहेक महिला पथप्रदर्शकमाथि हुने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने, हरेक पदमार्गको प्रवेशद्धारमा अनिवार्यरुपमा प्राथमिक उपचारका सामग्रीहरुको निःशुल्क व्यवस्था गर्नुपर्ने, विभिन्न पदमार्ग क्षेत्रमा लागेका सिण्डिकेट बन्द गर्न, पर्यटन विभागबाट इजाजत पत्र प्राप्त गरि पथप्रदर्शकमा काम गर्दै आएको सबै गाइडहरुलाई श्रमिकमैत्री रुपमा व्यक्तिगत प्यान उपलब्ध गराउन र सगरमाथा पदमार्ग क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड श्रमिकहरुलाई अनावश्यक लिँदै आएको रकम तुरुन्त बन्द गर्नुपर्ने माग समेत गरेको छ।

मागपत्रका विषयमा पर्यटनमन्त्री ढकालले आफू सकारात्मक रहेको भन्दै अध्ययन गरेर समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad