नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन्।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित आफ्नो समूहनिकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली ओलीको स्पष्टीकरणको सामना गरेर अगाडि बढ्ने बताएका हुन्।
‘हामी घुँडा टेक्ने बाटोमा जाने हो? आत्मसमर्पणको बाटोमा जाने हो? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो’, कार्यकर्तालाई प्रश्न गर्दै उनले भने, ‘यो किमार्थ मन्जुर छैन। ‘केपी ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ, आतंकित भएका छैनौँ। सामना गर्न तयार छौं।’
शनिबार नेपाल–खनाल पक्षको अनुपस्थितिमा बसेको एमाले केन्द्रीय समिति बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोमबार चारै नेतालाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएको थियो।
उनले अध्यक्ष ओली राजतन्त्र फर्काउन लागि परेको आरोप लगाए। उनले आलीले जतिनै सुके साँठगाँठ गरे पनि आफूहरुले राजतन्त्र फर्काउन नदिने बताए।
उनले ९ औँ महाधिवेशनमा ओली नेतृत्वका चुनिएको भए पनि विचार भने आफ्नो समूहको पारित भएको दावी गरे।
‘नवौं महाधिवेशनमा विचार हाम्रो पारित भएको थियो। नेता चुनिए केपी ओली’, नेपालले भने, ‘अहिले उनी कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न कोशिस गर्दै छन्।’
Shares

प्रतिक्रिया