राजनीति


राष्ट्रपतिको भ्रमण दल ५४ सदस्यीय, को-को जाँदैछन्?

राष्ट्रपतिको भ्रमण दल ५४ सदस्यीय, को-को जाँदैछन्?

नेपालखबर
चैत ९, २०७७ सोमबार २:०,

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बिहान बंगलादेश जाँदैछिन्।

नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत बिहान ८ : ३० बजे ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भण्डारी बंगलादेशको राजधानी ढाका प्रस्थान गर्न लागेकी हुन्।

राष्ट्रपति भण्डारी स्थानीय समयअनुसार सोमबार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने कार्यतालिका छ। त्यहाँ उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन्।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा. भेषराज अधिकारी रहनेछन्।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा.दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा.कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी भ्रमण दलमा ५४ जना सहभागी छन्।

भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मीसमेत रहने राष्ट्रपति कार्यालयले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad