ad ad

राजनीति


अहिले एमालेको दुईटै हातमा लड्डु छ : सञ्चारमन्त्री गुरुङ

अहिले एमालेको दुईटै हातमा लड्डु छ : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:१९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ नेकपा (एमाले) को दुईटै हातमा लड्डु रहेको बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सरकार अहिले स्पष्ट बहुमतको सरकार भएकोले कसैसँग अनुचित सम्झौता गर्नु नपर्ने बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन कुनै पनि खालको अनुचित सम्झौता गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे।

सरकारलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो विस्वासको मत कायमै राखेकोले सरकार टिक्नको लागि वा टिकाउनको लागि कसैसँग अनुचित सम्झौता नगर्ने उनले बताए।

‘अहिले हाम्रो पार्टी नेकपा एमालेको निम्ति दुइटै हातमा लड्डु छ। सरकारमा रहँदा पनि तीन वर्षसम्म सुरुवात गरेको ‘समृद्ध नेपाल, सुखी नेपालीको’ राष्ट्रिय अवधारणा अनुसार जुन राष्ट्रिय गौरवका आयोजनाहरु छन्, ती आयोजना पुरा गर्न सरकारलाई अवसर छ’ उनले भने, ‘विपक्षी दलहरु मिलेर सरकारविरुद्ध अविस्वासको प्रस्ताव ल्याउँदा पनि विपक्षमा रहँदा प्रमुख प्रतिपक्षी दल बनेर पुनः फेरि आगामी निर्वाचनको तयारी गर्ने अवसर आउनेछ र हामी फेरि स्पष्ट बहुमतका साथ सिंहदबारको गेटबाट प्रवेश गर्नेछौं।’

उनले नेपाल ‘खुशी’ को सूचकांकमा दक्षिण एसियामै पहिलो नम्बरमा रहेको भन्दै यस्तै ‘गुड न्युज’ अझ धेरै रहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .