ad ad

राजनीति


ओलीलाई नेपालको प्रस्ताव : पुराना कुरा बिर्सौँ, फ्रेस स्टार्ट गरौँ

ओलीलाई नेपालको प्रस्ताव : पुराना कुरा बिर्सौँ, फ्रेस स्टार्ट गरौँ

नेपालखबर
चैत ७, २०७७ शनिबार ११:५,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुराना गल्ती सच्याएर एकताबद्ध भएर अगाडि बढ्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

शनिबार राष्ट्रिय सभागृहमा आफ्नो समूहनिकट युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दे वरिष्ठ नेता नेपालले ओलीले विगतको गल्ती सच्याँए आफूहरु एक भएर जान तयार रहेको बताएका हुन्।

उनले ओलीले पार्टीको १० र ११ औँ बैठक अवैधानिक हिसाबले बोलाएका कारण आफूहरु १२ औँ बैठकमा नगएको बताए।

‘आज उहाँले १२ औ बैठक बोलाउनु भएको छ। नेकपा एमालेको अन्तिम बैठक ९ नम्बर हो।यसबीमा दुई वटा बैठक कहाँ गए अत्तिपत्तो छैन’, उनले भने, ‘दुई वटा अवैधानिक बैठक बस्नु भयो अनि तेस्रो बैठकमा हामी लुरु लुरु जान्छौँ त बालुवाटार। जाँदैनौँ। हामी स्वाभिमानी मान्छे हौँ।

उनले यति हुँदा पनि आफूहरु पुराना कुरा बिर्सेर अगाडि बढ्न तयार रहेको बताए।

‘हामीले कतिसम्म भन्यौँ भने पुराना कुरा बिर्सौँ, हाम्रा गुनासा होलान्, एक अर्कालाई भन्नुपर्ने धेरै कुरा होलान्, हामी बिर्सिन तयार छौँ’, उनले भने, ‘पुराना कुरा पछि समीक्षा गरौँला, फ्रेस स्टार्ट गरौँ अब। नयाँ ढंगले अगाडि बर्ढौँ। यो मेरो केपी कामरेलाई प्रस्ताव हो। नयाँ ढंगले अगाडि बढौँ।’

उनले त्यसका लागि प्रधानमन्त्री ओलीले २०७५ जठे ३ अगाडि फर्कनु पर्ने र अवैधानिक वैठकका निर्णय खारेज गर्नुपर्ने बताए।

उनले संसदीय बोर्ड अवैधानिक रुपमा गठन गरिएको र त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र आफूलाई राखिएको भन्दै आफूहरुले उक्त निर्णय अस्वीकार गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .