ad ad

राजनीति


म अध्यक्ष भएको भए ओलीको बेडमरुमै गएर किन रिसाउनु भएको कामरेड भनेर गाला मुसारीदिन्थेँ : नेपाल

म अध्यक्ष भएको भए ओलीको बेडमरुमै गएर किन रिसाउनु भएको कामरेड भनेर गाला मुसारीदिन्थेँ : नेपाल

नेपालखबर
चैत ७, २०७७ शनिबार १०:४९,

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली पार्टीको अभिभावक भएका कारण असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजानुपर्ने बताएका छन्।

शनिबार राष्ट्रिय सभागृहमा आफ्नो समूहनिकट युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दे वरिष्ठ नेता नेपालले ओलीले सबैलाई फकाएर अगाडि बढ्नुपर्ने बताए।

उनले आफू अध्यक्ष भएको भए ओलीको घरमात्रै नभई बेडरुममै पुगेर रिसाउनुको कारणबारे सोध्ने बताउँदै उनले ओलीले भने फोनमात्रै गरे टारेको बताए।

‘यसबीचमा उहाँले फोन गर्नुभयो। कमरेड भेटौँ हामी भन्नुभयो। भेट्ने भने मैले’, उनले भने, ‘अध्यक्षको काम हो। मलाई अरुले भने तपाईं फोन गर्नुहोस् भने, मैले म फोन गर्दिनँ भने। म अध्यक्ष भएको भए फोन मात्रै होइन, घरमै जाने थिएँ। ढोका खोलेर, बेडरुपममा पसेर कमरेड किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ। फकाउन म जान्दछु नि। उहाँको काम होइन, अध्यक्ष भइसकेपछि गार्जियन हो।। गार्जियनको काम नै हो फकाउने।’

उनले ओलीले बालुवाटारमा बोलाए पनि नआउने बताएपछि पार्टी केन्द्रीय कार्यालयमा भेट भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .