प्रधान सेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी भल्कबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधान सेनापति थापा र राजदूत भल्कबीच शुक्रबार जंगि अड्डास्थित प्रधान सेनापति थापाको कार्यकक्षमा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।
सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया