ad ad

राजनीति


अध्यादेश प्रस्तुत गर्न नपाएकोमा सरकारले भन्यो : संसदमा राम्रो संकेत देखिएन

अध्यादेश प्रस्तुत गर्न नपाएकोमा सरकारले भन्यो : संसदमा राम्रो संकेत देखिएन

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ७:४५,

संसदको जारी अधिवेशनको सुरुवातमा भएका गतिबिधिप्रति सरकारले असन्तुष्टि व्यक्त गरेको छ।

सरकारको प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधि सभा बैठकमा आफ्ना धारणा राख्दै सो असन्तुष्टि व्यक्त गरेका हुन्।

‘प्रतिनिधि सभा पुनर्स्थापनापछि सुरुमा जसरी बैठक अघि बढे त्यसले राम्रो संकत गरेन। सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउनुपर्छ,’ शुक्रबार संसदको बैठकमा आफ्ना धारणा राख्दै ज्ञवालीले भने, ‘संसदको पहिलो बैठकमा ती अध्यादेश प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ, तर जनताको चासोसँग जोडिएका केही अध्यादेश रोकिए।’

एसिड आक्रमणविरुद्धको अध्यादेश प्रस्तुत गर्न र बहालवाला र पूर्व सांसदहरुको निधनमा श्रद्धाञ्जलि दिन समेत अवरोध भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

उनले सरकारले यसबीचमा महत्वपूर्ण कामहरु गरेको दाबी गरे।

‘आज संविधान सर्वस्वीकार्य बनेको छ। संविधान जारी हुँदा दुईवटा पक्ष संविधान बाहिर रहेको थियो, तराईमा एउटा समूहले मानेन र पृथकतावादी गतिविधि ग¥यो भने अर्को पक्ष एकीकृत क्रान्तिको नाममा बाहिर रह्यो,’ उनले भने।

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउतलाई सरकारले शान्ति प्रक्रियामा ल्याएर सरकारले देशलाई राजनीतिक हिसावले द्वन्द्वमुक्त बनाएको बताए।

‘आन्तरिक राजनीतिमा विवाद र असन्तुष्टि हुन्छ तर संविधान नमान्ने तत्वलाई हामीले शान्तिपूर्ण राजनीतिमा ल्याएका छौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .