आफूलाई ‘घातक’को संज्ञा दिएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका राष्ट्रपति जो बाइेडनविरुछ आक्रामक जवाफ दिएका छन्।
एक साक्षात्कारमा बाइडेनले आफूलाई पुटिन घातक मानिस लाग्ने बताएका थिए।
यसैका विरुद्ध रसियन टीभीमार्फत पुटिनले बाइडेनलाई गाली गर्दै लाभइ कार्यक्रममा आफूसँग कुरा गर्न चुनौती दिएका हुन्।
बीबीसीका अनुसार पुटिनले विपक्षी नेता एलेक्सी नभाल्नीलाई आफूले मार्ने कोसिस गरेको भन्ने आरोप पनि खारेज गरेका छन्।
अमेरिकाका राष्ट्रपति बाइडेनले एबीसी न्युजमार्फत आरोप लगाएका थिए, ‘२०२० को अमेरिकी राष्ट्रपति चुनावमा गरेको गडबडीको मूल्य पुटिनले तिर्नुपर्नेछ।’
बाइडेनको यस्तो भनाइ तब आयो जब अमेरिकी इन्टिलिजेन्स रिपोर्टमा अमेरिकाको गत चुनावमा धाँधलीका लागि डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप सार्वजनिक गर्याे।
यही रिपोर्टका आधारमा आगामी हप्ता रुसविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने अनुमान बीबीसीले गरेको छ।
Shares

प्रतिक्रिया