समाज


जंगलमा स्कुटरसहित लडिरहेका युवाको अस्पताल पुर्‍याउनासाथ मृत्यु, थप अनुसन्धान हुँदै

जंगलमा स्कुटरसहित लडिरहेका युवाको अस्पताल पुर्‍याउनासाथ मृत्यु, थप अनुसन्धान हुँदै

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ४:२३,

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गएराति स्कुटर दुर्घटना हुँदा एक युवाको मत्यु भएको छ।

खरकट्टा जङ्गलमा लु ५ प ७०४८ नम्बरको स्कुटर दुर्घटना हुँदा कावासोती नगरपालिका-२ का ३५ वर्षीय जीवन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

राति जंगलमा स्कुटर चालक लडिरहेको सूचना यात्रुले दिएपछि घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो। पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको गिरीले बताए।

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । स्कुटर रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको गिरीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad