राजनीति


आज संसद् बैठक बस्दै, प्रधानमन्त्रीले संवैधानिक आयोगका प्रतिवेदन पेस गर्ने

आज संसद् बैठक बस्दै, प्रधानमन्त्रीले संवैधानिक आयोगका प्रतिवेदन पेस गर्ने

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ३:४९,

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। पुनः स्थापनापछि चौथो बैठक बस्न लागेको हो।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन- २०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। 

त्यसैगरी बैठकमा कांग्रेस नेता एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। ७१ वर्षको उमेरमा गएको बुधबार कोइरालाको निधन भएको थियो।

पुनःस्थापित प्रतिनिधि सभाको अहिलेसम्म तीनवटा बैठक बसिसकेका छन्। तर सबै बैठक शोक प्रस्ताव पारितमै सीमित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad