राजनीति


जसपामा ओलीसँग सहकार्य गर्ने प्रस्ताव कसैले पनि ल्याएको छैन : उपेन्द्र यादव

जसपामा ओलीसँग सहकार्य गर्ने प्रस्ताव कसैले पनि ल्याएको छैन : उपेन्द्र यादव

नेपालखबर
चैत ५, २०७७ बिहिबार ९:२४,

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्स्ताव कसैले पनि नल्याएको बताएका छन्।

बिहीबार बसेको शीर्ष नेताको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले आफूहरु ओलीसँग संसद विघटनको विपक्षमा रहेका शक्तिहरु मिलेर अगाडि बढ्ने बताएका हुन्।

उनले संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी भनेर भनिसकेका कारण उनीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका हुन्।

‘ओलीसँग सहकार्य गर्नुपर्छ भनेर कसैले ल्याउनुभएको छैन’, अध्यक्ष यादवले भने, ‘हामी प्रतिगमनकारी शक्तिविरुद्ध उभिन्छौं, उनीसँग लगनगाँठो कस्न सक्दैनौं।’

ओलीसँगको सहकार्य गर्नु भनेको मधेस र मधेस आन्दोलनप्रति धोका दिनु र संघीयता र गणतन्त्र समाप्त पार्नु भएको उनको भनाइ थियो।

सत्ता समीकरणका लागि निर्णायक मानिएको राजपाको आज बस्ने भनिएको केन्द्रीय कार्यकारिणीको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad