समाज


तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन, कोरोनाका कारण मृत्यु भएको चर्चा

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन, कोरोनाका कारण मृत्यु भएको चर्चा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ९:१४,

तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् जानकारी दिएका हुन्।

मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन्। यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो।

उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो।

तर पनि यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन। उता विपक्षी नेताहरूले भने उनलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन्।

तर यो समाचारको पुष्टि हुन सकेको छैन। यसै विषयको जवाफमा गतसाता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र जानकारी सञ्चारमाध्यममार्फत् दिएका थिए।

उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताएका छन्।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए। सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवरमा उनी देशको राष्ट्रपति घोषित भएका थिए।

गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ। अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad