ad ad

राजनीति


नेपाल–खनाल पक्षको कार्यकर्ता भेलामा समूहगत छलफल सुरु

नेपाल–खनाल पक्षको कार्यकर्ता भेलामा समूहगत छलफल सुरु

नेपालखबर
चैत ४, २०७७ बुधबार ११:५,

नेकपा–एमालेको नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु गरिएको हो।

नेकपा–एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा ओली प्रवृत्तिविरुद्ध लड्ने घोषणासहित सो भेला आयोजना गरिएको हो।

बुधबार उद्घाटन गरिएको दुई दिने भेलामा नेपाल, खनाल लगायतका नेताहरुले आफ्ना धारणा राखेका थिए।

सो भेलामा देशभरबाट जम्मा भएका सहभागी नेता तथा कार्यकर्तालाई १० समूहमा विभाजित गरिएको छ।

७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा समूह विभाजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .