ad ad

राजनीति


कर्णालीका माओवादी सांसद भन्छन्ः ओलीले समर्थन फिर्ता लिँदा सरकार झन् बलियो भयो

कर्णालीका माओवादी सांसद भन्छन्ः ओलीले समर्थन फिर्ता लिँदा सरकार झन् बलियो भयो

नेपालखबर
चैत ४, २०७७ बुधबार १०:५७,

माओवादी केन्द्रका कर्णाली प्रदेश सांसद गोपाल शर्माले एमालेको केपी ओली पक्षले समर्थन फिर्ता लिँदा प्रदेश सरकार झन् बलियो भएको दाबी गरेका छन्।

बुधबार एमाले प्रदेश सभाको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

तर, सो निर्णयप्रति माधव नेपाल पक्षका सांसदहरुले असहमति प्रकट गरेका छन्।

‘हाम्रो १२ जना र नेपाल पक्षको १० जना हुनुहुन्छ। अन्य दुई दल कांग्रेस र राप्रपा पनि छ, महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएर ओली पक्षले उहाँलाई थप बलियो बनायो,’ शर्माले भने।

मुख्यमन्त्री बन्ने उदेश्यले प्रदेशसभाको निर्वाचन लडेका ओलीनिकट सांसद यामलाल कँडेलको अगुवाइमा समर्थन फिर्ताको निर्णय भएको थियो।

तर, सांसद शर्माले कँडेल मुख्यमन्त्री बन्न नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .