राजनीति


बालुवाटारमा ओली समूहको चियापान, नेपाल पक्षका यी सांसद पनि उपस्थित

बालुवाटारमा ओली समूहको चियापान, नेपाल पक्षका यी सांसद पनि उपस्थित

नेपालखबर
चैत ३, २०७७ मंगलबार ६:४७,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य र सांसदहरुका लागि आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ।

मंगलबार बिहान ११.३० बजेबाट सुरु भएको चियापान कार्यक्रममा ओली समूहका सबै केन्द्रीय सदस्य र सांसदहरु उपस्थित रहेको एक नेताले बताए।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको उक्त चियापान कार्यक्रममा नेपाल समूहका ३ सांसद र नेकपा विभाजनका बेला कुनै पनि समूहमा नखुलेका नेता लालबाबु पण्डित पनि उपस्थित रहेको ती नेताले बताए।

त्यस्तै यसअघि नेपाल समूहमा खुलेका सांसदहरु समिना हुसेन, विष्णु शर्मा र राधादेवी ज्ञवाली पनि सहभागी रहेको ती नेताले बताए।

‘यसअघि कुनै पनि समूहमा नखुल्नु भएका नेता लालबाबु पण्डितका साथै नेपाल समूहका तीन सांसदहरु पनि उपस्थित हुनुहुन्छ’, ती नेताले भने।

चियापान कार्यक्रममा उपाध्यक्ष वामदेव गौतम पक्षधर पनि अनुपस्थित रहेको छ।

यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजै सानेपामा पत्रकार सम्मेलन र गौतम पक्षले बल्खुमा पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय समितिको बैठक बोलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad