धरानमा सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सुनसरी धरान–५ देउरालीका ३५ वर्षीय किशोर बिकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको हो।
सोमबार राति ८ बजे धरान–१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्करबाट घाइते भएका किशोरको घोपा धरानमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
सिटी र चालक धरान १५ का मानबहादुर लिम्बुलाई प्रहरीले नियन्त्रण लिएको छ।

प्रतिक्रिया