राजनीति


चीनको भिसा आवेदन र भ्रमणका लागि पालना गर्नुपर्ने नियमबारे दूतावासले जारी गर्‍यो नयाँ सूचना

चीनको भिसा आवेदन र भ्रमणका लागि पालना गर्नुपर्ने नियमबारे दूतावासले जारी गर्‍यो नयाँ सूचना

नेपालखबर
चैत २, २०७७ सोमबार १४:२७,

काठमाडौंस्थित चिनियाँ दूतावासले चीन भ्रमणका लागि नयाँ भिसा प्रक्रियाबारे सूचना जारी गरेको छ।

दूतावासले चीनमै बनेको कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) पूर्णरुपमा लगाई त्यसको प्रमाणपत्र लिएर भिसा सहजिकरणका लागि निवेदन दिनुपर्ने बताएकाे छ। 

चीन र अन्य मुलुकका व्यक्तिहरुको भ्रमण आदानप्रदानलाई व्यवस्थित गर्नका लागि नेपालका लागि चिनियाँ दूतावासले पूर्णरुपमा खोप लगाई त्यसको प्रमाणपत्र लिएकाहरुलाई सहजिकरण गर्न लागेको जनाएको छ।

दूतावासले साे सूचनामा आवेदनका तीन मुख्य प्रक्रियाबारे जानकारी दिएको छ।

जरुरी काम, व्यवसाय आदि प्रयोजनका लागि भ्रमण गर्न आवेदन दिँदा कुनै निवेदक (परिवारका सदस्यसहित) ले आवश्यक कागजातहरु तयार गरी कोभिड महामारीको अवस्थाभन्दा पहिलेकै प्रावधानअनुसार नै निवेदन पेश गर्न सक्नेछन्।

आपतकालीन मानवीय आवश्यकतासम्बन्धी आवेदकको भिसा परिधिलाई बढाइनेछ। जसमा चिनियाँ नागरिकका विदेशी पारिवारिक सदस्य वा चीनको स्थायी आवास अनुमतिप्राप्त विदेशी नागरिक तिनका जोडी, अभिभावक, सन्तान, दाजुभाइ दिदीबहिनी, हजुरबुवा हजुरआमा लगायतका आफन्तहरु जानसक्नेछन्। त्यसैगरि निकट आफन्तहर पारिवारिक भेटघाटका लागि, परिवारलाई जरुरी सहयोग गर्नुपर्ने स्थिति, अन्त्येष्टि गर्नुपर्ने वा गम्भीर स्वास्थ्य अवस्थामा रहेका परिवारका सदस्यलाई भेट्नुपर्ने व्यक्तिलाई यो समूहमा पर्नेछन्।

त्यसैगरी, एसिया प्यासिफिक इकोनोमिक कार्ड (एपीईसी) बिजनेस ट्राभल कार्ड भएकाहरुले आयोजकको निम्तोसहित एम भिसामा आवेदन दिन सक्नेछन्।

दूतावासले चीन जान चाहने हवाईयात्रुले न्युक्लिक एसिड टेस्ट र आईजीएम एन्टिबोडी टेस्ट गरी नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने समेत जनाएको छ।

त्यसैगरी, चीनमा प्रवेश गरिसकेपछि पनि क्वारेन्टिनसम्बन्धी त्यहाँ तोकिएको नियम पनि पालना गर्नुपर्ने दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad