नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ।
आइतबार प्रस्तुत एजेण्डामाथि नेताहरुले आफ्ना धारणा राखिरहेका हुन्।
अहिलेसम्म स्थायी समिति सदस्यहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतले आफ्नो धारणा राखिसकेका छन्।
अझै नेताहरुले बोल्नेक्रम जारी रहेको एक केन्द्रीय सदस्यले नेपालखबरलाई बताए ।
पार्टीको नाम, विधान संशोधन र सांगगठिनक कार्ययोजनाकै विषयमा नेताहरुले आफ्नो धारणा राखिरहेको ती नेताले बताए ।
‘अहिलेसम्म नेताहरुले बोलिरहनुभएको छ, अझै केहीले बोल्नुहुन्छ’, ती नेताले भने, ‘बोल्ने अधिकांश नेताहरुले पार्टी निर्माण र वाम ध्रुवीकरण गरेर अघि बढ्नुपर्ने विषयमा सुझाव दिनुभएको छ।’
पार्टीले विगतमा लिएको कदम, जनतामा उपस्थिति बढाउनुपर्नेमा नेताहरुले जोड दिनुभएको ती नेताले बताए।

प्रतिक्रिया