नेकपा एमालेका नेता तथा पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले पार्टीमा झमेला विभाग थप्नुपर्ने भन्दै व्यंग्य गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीका विश्वासप्राप्त नेताका रुपमा चिनिएका बाँस्कोटाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीमा ‘झमेला गरेको’ तर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
‘कोही कोही नेतालाई त कालो कोट लगाई दिने समय आए जस्तो लाग्यो,’ सोमबार बिहान ट्विटरमा उनले लेखेका छन्, ‘नहुने भए पार्टीमा झै झमेला विभाग थप गरिदिऊँ कि कसो? पार्टी एमाले पो हो त झमाले बनेको त हैन!’
काेही काेही नेतालाई त कालाे काेट लगाई दिने समय आए जस्ताे लाग्याे।नहुने भए पार्टीमा झै झमेला विभाग थप गरिदिऊँ कि कसाे? पार्टी एमाले पाे हाे त झमाले बनेकाे त हैन।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 15, 2021

प्रतिक्रिया