आफ्नो गोल कीर्तिमान तोडेपछि युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई ब्राजिलका महान् फुटबल खेलाडी पेलेले बधाई दिएका छन्।
इटालियन सिरी एअन्तर्गत गएराति क्याग्लीअरीबिरुद्धको खेलमा रोनाल्डोले ह्याट्रिक गरी आफ्नो करिअरमा गोल संख्या ७ सय ७० पुर्याएका हुन्। जुन पेलेको भन्दा ३ गोल बढी हो।
याे पनि : रोनाल्डोको ह्याट्रिकमा क्याग्लिएरीविरुद्ध युभेन्टसको सहज जित
यसै सन्दर्भमा पेलेले सामाजिक सञ्जालमार्फत रोनाल्डोलाई बधाई दिएका हुन्।
पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘जीवन भनेको एकल यात्रा हो। हरेक मानिसले आफ्नै बाटो तय गर्ने हो। तिमी एउटा आफ्नै सुन्दर यात्रामा छौ। म तिम्रो धेरै प्रशंसा गर्छु। म तिमीले खेलेको हेरिरहन मन पराउँछु। आधिकारिक खेलको मेरो गोल कीर्तिमान तोडेकामा तिमीलाई बधाई।’

प्रतिक्रिया