नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताउने सर्वाेच्च अदालतको फैसलालाई विचित्रको ‘राजनीतिक’ आदेशको संज्ञा दिएका छन्।
त्यसयता पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय बैठक आइतबार सुरु भएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले अदालतको आदेश विचित्रको भएको टिप्पणी गरेका हुन्।
पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सुरु बैठक राजनीतिक कार्यभार ,पार्टी निर्माण र एकतामा केन्द्रित रहेको जानकारी उनले दिए।
‘सर्वोच्च अदालतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजन गरी पूर्वपार्टीहरू ब्युँताउने विचित्रको ‘राजनीतिक’ आदेश दिएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु,’ आइतबार राति सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘राजनीतिक कार्यभार ,पार्टी निर्माण र एकतामा छलफल केन्द्रित।’

प्रतिक्रिया