राजनीति


डा. भट्टराईको चेतावनी : ओलीतन्त्रले बेलैमा बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई...

डा. भट्टराईको चेतावनी : ओलीतन्त्रले बेलैमा बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई...

नेपालखबर
चैत १, २०७७ आइतबार २३:५७,

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई परिस्थिति बुझेर बेलैमा सत्ता छाड्न आग्रह गरेका छन्।

अन्यथा ‘भीरबाट लड्ने गाई’ को अवस्था आउने चेतावनी पनि दिएका छन्।

‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे,’ डा. भट्टराई आइतबार राति सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त?’

प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै उनले अगाडि लेखेका छन्, ‘अझै पनि समय छ, नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई...!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad