ad ad

राजनीति


महान्यायधिवक्ता खरेल भन्छन्ः नेपालका कारागार कष्टप्रद भए

महान्यायधिवक्ता खरेल भन्छन्ः नेपालका कारागार कष्टप्रद भए

नेपालखबर
साउन २६, २०७६ आइतबार १३:३,

महान्यायाधिवक्ताको कार्यालयले नेपालमा कारगारको अवस्था कष्टप्रद रहेको उल्लेख गर्दै त्यसमा तत्काल सुधार गर्न सरकारलाई सचेत गराएको छ।

महान्यायाधिवक्ताको कार्यालयले आइतबार काठमाडौंमा सार्वजनिक गरेको आफ्नो वार्षिक कार्य प्रगति विवरणमा नेपालमा कारगारको अवस्था कष्टप्रद रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्न सरकारलाई पटकपटक सचेत गराइएको उल्लेख गरिएको हो।

मुलुकमा कारगारको अवस्था कष्टप्रद रहेको र कैदीहरुको अवस्था दयनीय रहेकाले त्यस अवस्था सुधार गर्न सरकारलाई आग्रह गरिएको महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले जानकारी दिए। उनले कैदी बन्दी धेरै तर कारगारको संख्या कम भएका कारण पनि समस्या थपिँदै आएको पनि स्पष्ट पारे। महान्यायाधिवक्ताको कार्यालयले मुलुकमा विद्यमान कारगारहरुको सुधारका लागि त्यसको अनुगमनको कामलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने पनि जनाएको छ।

महान्यायाधिवक्ताको कार्यालयले ‘सरकारी वकिल र प्रहरीको दोस्रो राष्ट्रिय सम्मेलन’ आगामी मंसिरमा सम्पन्न गर्ने योजना पनि तय गरेको छ। मुलुकी संहिताको कार्यान्वयनको समिक्षा गर्न र अपराध, अनुसन्धान तथा अभियोजनको कामलाई थप प्रभावकारुी बनाउन सो सम्मेलन आयोजना गर्न लागिएको पनि महान्यायाधिवक्ता खरेलले बताए।

महान्यायाधिवक्ताको कार्यालयले अपराध अनुसन्धान र अभियोजनको कामलाई प्रभावकारी बनाउन सरकारी वकिलको कार्यालय अनुगमनको कामलाई पनि तीव्रता दिइएको पनि जनाएको छ। महान्यायाधिवक्ता खरेलले पीडितलाई न्याय दिन समुदायमा सरकारी वकिल कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .