कला


पाकिस्तानी महिलालाई प्रियंकाले भनिन्: म राष्ट्रवादी

पाकिस्तानी महिलालाई प्रियंकाले भनिन्: म राष्ट्रवादी

नेपालखबर
साउन २६, २०७६ आइतबार १३:८,

आफूलाई आस्थ्मा भएको र तिहारमा मानिसहरुले धेरै पटेका पड्काउँदा धुवाँले आफूलाई असर गर्ने भनेरे केही वर्ष अगाडि भिडियो पोस्ट गरेकी प्रियंकाको गत महिना श्रीमान र आमासँग चुरोट तानेको फोटो पोस्ट भएपछि उनको चर्को आलोचना भएको थियो।

तर शनिबारबाट उनको भारतभर प्रशंसा सुरुवात भएको छ। प्रियंकाले शनिबार अमेरिकामा आयोजित कार्यक्रममा पाकिस्तानी महिलाले सोधेको प्रश्नको उत्तर दिएकी थिइन्।

प्रियंकाको उत्तर राष्ट्रवादी भएकोभन्दै फेरि एकपटक प्रियंकाको चर्चा र प्रशंसा सुरु भएको हो।

के भएको हो?

प्रियंका चोपडाले गत फेब्रुअरी २६ मा ‘जयहिन्द भारतीय सेना’ भनेर ट्वीट गरेकी थिइन्।

फेब्रुअरी १४ मा पाकिस्तानस्थित आतंकवादी संस्थाले भारतीय सेनामाथि आत्मघाती आक्रमण गर्दा ४० भन्दाबढी भारतीय सेनाको मृत्यु भएको थियो।

त्यसकै प्रतिक्रिया स्वरुप भारतीय सेनाले पाकिस्तानी भूमिमा गएर बालाकोट जिल्लामा आक्रमण गरेको थियो। भारतले तीन सयभन्दा बढी आतंकवादी मारेको दाबी गरेको थियो।

तर उक्त दाबी अहिलेसम्म पुष्टि हुन सकेको थिएन। भारतले आतंकवादीलाई आक्रमण गरेको घटनापछि प्रियंकाले ट्वीट गरेकी थिइन्। उक्त ट्वीटकै बारेमा शनिबार पाकिस्तानी महिलाले प्रश्न गरेकी हुन्।

प्रियंका संयुक्त राष्ट्रसंघको शान्ति स्दभावना दूत पनि हुन्।

लस एन्जल्समा आयोजित ब्युटिकोन फेस्टिबलमा प्रियंकालाई सोधिएको थियो,‘तपाइँ राष्ट्रसंघको शान्तिका लागि सद्भावना दूत हुनुहुन्छ। तर तपाइँ पाकिस्तानसँग आणविक युद्ध होस् भनेर अभिव्यक्ति दिइरहनु भएको छ। तपाइँ यस्ता कुरामा अल्झिनु हुँदैन। म पाकिस्तानी हुँ, मजस्तै लाखौंले तपाइँको कामलाई साथ दिएको छ।’

जवाफमा प्रियंकाले भनेकी थिइन्,‘पाकिस्तानमा मेरा धेरै साथी छन्, म भारतबाट हो। युद्ध मलाई पनि मन पर्दैन। तर म देशभक्त मानिस हुँ। यदी मैले कसैको चित्त दुखाएको छु भने मलाई माफ गर्नुहोला। तर मलाई लाग्छ हामी सबैले हिँड्ने मध्यम बाटो हुन्छ, जुन तपाइँको पनि छ। तपाइँले जसरी मलाइँ प्रश्न गर्नु हुँदैछ, हामी यहाँ चिच्याउन आएका होइनौं। प्रेम बाँड्न आएका हौं।’

प्रियंकाले ती महिलाको भनाइँ पाकिस्तानको देशभक्तिले भरिएको र आफ्ना त्यसबेलाको अभिव्यक्ति भारतको देशभक्तिले प्रेरित भएको इंकित गरिन्l एजेन्सी

(भिडियाे)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .