नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिबाट बैठक सुरु भएको नेता गणेश साहले बताए।
सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।
बैठकमा संगठनात्मक संरचनाका लागि विधान परिवर्तन, एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका २३ नेतामाथिको कारबाही लगायत नयाँ सत्ता समीकरणका विषयमा कुरा हुने नेता साहले बताए।
याे पनि :
गृहमन्त्री थापासहित आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने, एमालेमा लागेकालाई स्पष्टीकरण सोध्ने
यी हुन् एमाले केन्द्रीय सदस्यमा मनोनित भएका २३ पूर्वमाओवादी नेता
गृहमन्त्री थापाले सम्हाले एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार

प्रतिक्रिया