प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गरेका छन्।
आइतबार प्रधानमन्त्री ओलीले भर्चुअल कार्यक्रममार्फत एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन्।
प्रदेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोडने गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो।
उक्त सडक निर्माणका लागि तीनै तहका सरकारले संयुक्त रुपमा लगानी गर्ने बताइएको छ।
उक्त कार्यक्रमको कूल लागत २ खर्ब लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया