राजनीति


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज, गृहमन्त्री थापासहित एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने तयारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज, गृहमन्त्री थापासहित एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने तयारी

नेपालखबर
चैत १, २०७७ आइतबार २:३०,

आज (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दै छ।

हिजो (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सुरु गरिनेछ।

‘आजको बैठकमा प्रमुख रूपमा विकसित पछिल्लो घटनाक्रमबारे बिफ्रिङ हुनेछ,’ नेता पोखरेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘सर्वाेच्च अदालतको फैसलादेखि समसामयिक अन्य विषयमा आज छलफल हुनेछ।’

२४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएका २३ नेताका सन्दर्भमा आज के होला भन्ने प्रश्नमा उनले भने, ‘उनीहरूका हातमा पत्र पुग्यो/पुगेन, के-कस्ता प्रतिक्रिया आए/ आएनन्, (पार्टी) कार्यालयले जानकारी गराएपछि त्यस आधारमा अघि बढिन्छ।’

उनका अनुसार पत्र पुगेको २४ घण्टाभित्र कुनै प्रतिक्रिया नदिने वा ‘हामीले जे गरेका छौं ठीक गरेका छौं’ भन्ने प्रतिक्रिया दिने नेताविरुद्ध कारबाही प्रक्रिया अघि बढाइनेछ।

आज यो विषयसहित पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल सुरु हुन सक्ने उनले बताए। ‘निर्णय नै त आज नहोला, तर छलफल सुरु हुन्छ,’ उनले भने।

याे पनि : पार्टीको नाम फेर्दै माओवादी केन्द्र, के होला नयाँ नाम?

हिजो शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्णय गरेको थियो।

याे पनि :

गृहमन्त्री थापासहित आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने, एमालेमा लागेकालाई स्पष्टीकरण सोध्ने

यी हुन् एमाले केन्द्रीय सदस्यमा मनोनित भएका २३ पूर्वमाओवादी नेता

गृहमन्त्री थापाले सम्हाले एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad